अबदेखि राष्ट्रिय परिचयपत्र हुलाकले बोक्ने

अबदेखि राष्ट्रिय परिचयपत्र हुलाक सेवा विभागले बोक्ने भएको छ । बिहीबारदेखि राष्ट्रिय परिचयपत्र हुलाक सेवा विभागले बोक्ने भएको हो ।

बुधवार हुलाक सेवा विभागका महानिर्देशक प्रदीप राज अधिकारी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलबिच राष्ट्रिय परिचयपत्र हुलाक सेवा विभागले बोक्ने सम्झौता भएको हो ।

हुलाक सेवाले सरकारी सार्वजनिक सेवाका बस्तुहरू बोक्ने योजना अनुसार राष्ट्रिय परिचयपत्र बोक्ने काम सुरु गरेको हो ।

यसअघि हुलाकले राहदानी विभाग, आन्तरिक राजस्व विभाग, यातायात व्यवस्था विभागसँग पनि सम्झौता गरी प्यान कार्ड, इम्बोस्ड नम्बर प्लेट बोक्ने काम गर्दै आएको छ । हुलाकलाई उद्योगको रूपमा विकास गर्ने योजनासहित विभागले विभिन्न सरकारी निकायसँग समन्वय र सम्झौता गरेर काम गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर