कुवेतमा कारको ठक्करबाट ३ नेपालीको मृत्यु

कुवेतमा सोमबार भएको दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका सुजन कार्की, अछामका सुरत कुमार कडायत र धनुषाका धीर गुर्माछान छन् ।

उनीहरुलाई कुवेत सिटीबाट ३६ किलोमिटरबाट दक्षिणमा रहेको महबुला नामको जिल्लामा कारले ठक्कर दिएको अरब टाइम्सले उल्लेख गरेको छ ।

कुबेतस्थित नेपाली दूतावासका अनुसार नेपालीहरु सडक पार गर्न लागेको समयमा कारले ठक्कर दिएको थियो । कार कुवेती नागरिकले चलाएका थिए । घटनापछि शवलाई पोस्टमार्टमका लागि फर्वानिया हस्पिटल लगिएको छ ।

दूतावासले शव नेपाल ल्याउन र पीडितलाई क्षतिपूर्तिको प्रयास गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर