प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित ११ जना रिहा

कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जना हाजिर जमानीमा छुटेका छन् ।

उनीहरूलाई हरेक दिन सीआईबी उपस्थित हुने गरी हाजिरी जमानतमा छाडिएको सीआईबी स्रोतले जानकारी दिएको छ ।

अनुसन्धानको कामहरू लगभग पूरा भइसकेको र बयान समेत सकिएको अवस्थामा उनीहरूलाई कागज गरेर छाडिएको जनाइएको छ ।

उनीहरूलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले २८ फागुनमा  जिल्ला अदालतबाट अनुमति लिएको थियो । सीआईबीले १५ फागुनमा न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *