सुन तस्करी प्रकरण: कारबाही सिफारिसमा परेका सबै प्रहरी अधिकारी हेडक्वार्टर तानिए

सुन तस्करी सम्बन्धमा छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले कारबाही सिफारिस गरेका प्रहरी अधिकारीलाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।

बिहीबार पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको थियो । त्यसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुख रहेकी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही सिफारिस गरेको थियो ।

बज्राचार्यको स्थानमा एआईजी श्यामलाल ज्ञवालीको सरुवा गरिएको छ भने बज्राचार्यलाई कार्यविभागको जिम्मेवारी दिने सरकारले निर्णय गरेको छ । जिल्ला प्रहरी नुवाकोटका प्रमुख एसपी सञ्जयसिंह थापालाई पनि प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । थापाले सीआईबीमा हुँदा सुन तस्करी छानबिनको नेतृत्व लिएका थिए ।

यस्तै, डीएसपीद्वय दाहाल र कुँवरलाई पनि प्रहरी प्रधान कार्यालय तानिसकिएको छ । आचार्य नेतृत्वको आयोगलेसुन तस्करीबारे अनुसन्धानमा सीआईबीबाट गम्भीर त्रुटि भएको निष्कर्षसहित सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर