राजनीतिक उतारचढावले मुलुक भयावह अवस्थामाः पूर्वप्रधानन्यायाधीश कार्की

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजननीतिक उतारचढावले मुलुक भयावह अवस्थामा पुगेको टिप्पणी गरेकी छन् ।

शनिवार भक्तपुरमा आयोजित ‘मान्छे मर्ने तलाउ’ नामक कविता संग्रहको लोकार्पण गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले समाजमा त्रुटिहरुले जरा गाडेको समेत चित्रण गरिन् ।

‘कविता पनि समयसापेक्ष नै हुन्छ । मान्छेले जे देख्छ, त्यो न लेख्छ । यसमा धेरै अहिलेको यो भइरहेको पोलिटिकल सिच्युएशनहरु छ नि । राजनीतिक सिच्युएशनमा जुन उचनिच आइराखेको छ नि । त्यसमा केन्द्रित छ यो बढी । त्यसलाई फोकस गरिएको छ । मुलुकको जुन भयावह जुन अवस्था छ । त्यसलाई फोकस गरेको छ । समाजमा आएको त्रुटिहरु जुन छन्, समाजमा देखापरेको जुन किसिमको वातावरण छ । त्यसमा लक्षित छ,’ उनले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर