इलाम-२ उपनिर्वाचन : एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

नेकपा एमाले इलाम जिल्ला कमिटीले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।

आइतबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले उम्मेदवारीका लागि निवेदन दिएका सबैको नाम पार्टी केन्द्रमा पठाउने निर्णय गरेको हो।

सिफारिस हुनेमा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलाल रहेका छन् ।

यो क्षेत्रबाट उम्मेदवार हुनका लागि एमालेका ६ जनाले पार्टीमा निवेदन दिएका थिए। सुहाङ नेम्वाङ, रविन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल र रिप्पल राईले उम्मेदवारीका लागि पार्टीमा निवेदन दिएका थिए।

एमालेले उम्मेदवार तय गर्नका लागि राईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। सो कार्यदलले तयार पारेको रिपोर्ट र निवेदनहरूका आधारमा सबै आकांक्षीको नाम केन्द्रमा पठाइएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *