सुनको मूल्य प्रतितोला ७ सयले बढ्यो

स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला ७ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार दुई सय कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन पनि प्रतितोला ७ सयले वृद्धि भएको छ । महासङ्घले आजका लागि तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय कायम गरेको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९ सय मूल्यमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला १ हजार ५ सय २० मा कारोबार भएको चाँदी आजका लागि १ हजार ५ सय २५ निर्धारण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *