गृहमन्त्री लामिछानेविरुद्ध सिंहदरबार बाहिर नेविसंघको प्रदर्शन, १५ जना पक्राउ

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् ।  प्रदर्शनमा सहभागी नेविसंघका १५ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेकाे छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि  गृहमन्त्री लामिछानेको नैतिकता खै? दुलोभित्र पसेको हो?, सहकारी पीडितलाई न्याय खै लगायतका व्यानर बोकेर सिंहदरबारमा प्रदर्शन गरेका थिए ।

सोही क्रममा उनीहरु पक्राउ परेका हुन् । सिंहदरबार वरपर निषेधित क्षेत्र घाेषणा गरिएकाले प्रदर्शन गर्न निषेध गरिएको छ ।

प्रतिक्रिया

3 thoughts on “गृहमन्त्री लामिछानेविरुद्ध सिंहदरबार बाहिर नेविसंघको प्रदर्शन, १५ जना पक्राउ

  1. काङ्ग्रेसका बफादार भरौटेहरु हुन, अब सबै नेपाली जनता ले बझिसके

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर