सुनको मूल्यमा नयाँ रेकर्ड, आज तोलामा कति ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार ६ सय रुपैयाँ बढेर १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *