मैलुङखोलाको सेयर कारोबार रोक्का

नेपाल स्टक एक्स्चेन्जले मैलुङखोलाको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीले लाभांश सम्बन्धी सूचना ढिला जानकारी गराएपछि कारोबार स्थगन गरेको हो ।

बुधबार कम्पनीको सञ्चालक समिति बैठक बसेर सेयर धनीलाई २.२२११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । सो प्रस्तावबारेको सूचना बिहीबार कारोबार खुल्नुअघि नै नेप्से र लगानीकर्तालाई जानकारी गराउनुपर्नेमा कारोबार सुरु भइसकेपछि ११ः १७ बजे मात्रै जानकारी प्राप्त भएको नेप्सेले जनाएको छ ।

नेप्सेले कम्पनीलाई समयमै जानकारी दिन नसक्नुको कारणबारे तीन दिनभित्र जवाफ दिन भन्दै स्पष्टीकरण सोधेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *