गाजा युद्ध अन्त्य गर्ने कदममा इजिप्टले ब्लिङ्केनसँग अरब वार्ताको आयोजना गर्ने

अमेरिकी शीर्ष कूटनीतिज्ञसँगको वार्ताअघि पाँच अरब मुलुकका सरकारी मन्त्रीहरूले गाजा युद्धमाथि छलफल गर्न बिहीबार कायरोमा एक प्यालेस्टिनी अधिकारीसँग भेट गरेको इजिप्टको विदेश मन्त्रालयले बताएको छ ।

मन्त्रीहरूले इजराइली युद्ध रोक्न, गाजामा युद्धविरामसम्म पुग्न र पूर्ण सहायता वितरण सुनिश्चित गर्नका लागि आवश्यक प्रयासहरूबारे छलफल गर्नुभयो इजिप्टको विदेश मन्त्रालयका प्रवक्ता अहमत अबुजैदले सामाजिक सञ्जाल एक्समा लेखे ।

बैठकमा इजिप्ट, साउदी अरब, कतार र जोर्डनका विदेशमन्त्रीका साथै इमिरेट्सको अन्तर्राष्ट्रिय सहयोगमन्त्री र प्यालेस्टिनी प्राधिकरणका नागरिक मामिलामन्त्री सहभागी भएको मन्त्रालयले बताएको छ । पछि बिहीबार अरब अधिकारीहरूले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग छलफल गर्न लागेको थियो । ब्लिङ्केन अक्टोबर ७ मा इजराइल–हमास युद्ध सुरु भएपछि यस क्षेत्रको आफ्नो छैटौँ भ्रमणअन्तर्गत इजिप्टको भ्रमणमा छन् ।

ब्लिङ्केनले इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसी र विदेशमन्त्री समेह शौकरीसँग भिन्नाभिन्नै छलफल गरे । अमेरिकी विदेश मन्त्रालयका अनुसार बैठकमा ‘गाजामा प्यालेस्टिनी नागरिक र मानवीय कार्यकर्ताहरूको सुरक्षाका लागि जारी प्रयास’ तथा ‘बन्धकहरूको रिहाईसहितको तत्काल युद्धविराम सुनिश्चित गर्ने’ बारे छलफल भएको थियो ।

इजिप्ट, गाजालाई सहायता पुर्याउने मुख्य प्रवेश विन्दु हो र छ साताको युद्धविरामलाई सुरक्षित गर्नका लागि कतारमा जारी वार्तामा प्रमुख मध्यस्थकर्ता पनि हो । वार्ताले इजराइलले बन्दी बनाएका प्यालेस्टिनी कैदीहरूसँग हमासले नियन्त्रणमा लिएका बन्धकहरू साट्न अनुमति दिनेछ र गाजालाई सहायता वितरण बढाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर