बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने सरकारको निर्णय

सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार सो निर्णय गरेको हो ।

‘बाँसबारी जुत्ता  कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको छ’ भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारका अधिकृत छविलाल नेपालीले भूमि व्यवस्था मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने ।

उनले मालपोत ऐन २०३४ को दफा २४ अनुसार जग्गा नेपाल सरकारको भएको ठहर गर्दै सरकारको नाममा ल्याइएको बताए ।

कम्पनीका तत्कालीन अध्यक्षको निर्णयले २०४४ भदौ ६ मा ६ रोपनी र मंसिर १८ मा थप ४ रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा लगिएको थियो । सरकारको जग्गाको हक हस्तान्तरण गर्दा सरकारको स्वीकृति चाहिन्छ ।  १० रोपनी जग्गा फुटवेयरको नाममा लैजाँदा मन्त्रिपरिषद्ले निर्णय गरेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *