राजीनामा दिएर अनुसन्धानमा सघाउन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गरेका छन् । काठमाडौंमा आज आयोजित एक सार्वजनिक कार्यक्रममा कोइरालाले अनुसन्धानमा निर्दोष साबित भए फेरि मन्त्री बन्न सकिने बताएका छन् ।

‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भइहाल्यो’, कोइरालाले भने । उनले नैतिकताका आधारमा गृहमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने छुट नभएको दाबी गरे ।

सहकारी ठगी प्रकरणमा कांग्रेसले गृहमन्त्री लामिछानेको विरोध र राजीनामा माग गर्दै आएको छ । कोइरालालेसडकदेखि संसद्सम्म चौतर्फी विरोध भइरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य त लुकेको छैन भन्ने प्रश्न उठेको बताए ।

कार्यक्रममा स्थानीय कार्यकर्ताले पार्टीमा चाकडी प्रथा हावी भएको, सरकारमा हुँदा कांग्रेसका मन्त्रीहरुले जनताको भावनाअनुसार काम गर्न नसकेको र लामो समय पार्टी एकै व्यक्तिको हातमा भएकाले कांग्रेस कमजोर भएकोजस्ता गुनासा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *