आयरल्यान्ड ‘ए’ माथि नेपाल ६ विकेटले विजयी

आयरल्यान्ड ‘ए’ माथि नेपाल ६ विकेटले विजयी भएको छ । दुई टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपाल विजयी भएको हो ।

टियु क्रिकेट मैदानमा आज टस जितेर आइरिस टोलीले पहिलो ब्याटिङ गर्दै १ सय २२ रनको सामान्य लक्ष्य दिएको थियो । आइरिस टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले २३ बल बाँकी छँदै लक्ष्य भेट्टाएको हो । नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ । नेपालका लागि कुशल भुर्तेलले ३७, आशिफ शेखले १६, सन्दीप जोराले ३६, दीपेन्द्र सिंह ऐरीले २० रन बनाए । आइरल्यान्डतर्फ डेलानीले २, ह्वाइट र मेयसले १–१ विकेट लिए ।

पहिलो ब्याटिङ गर्दै आयरल्यान्डका लागि ओपनर स्टेफन डोहनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । तर अन्य ब्याटर भने चल्न सकेनन् । नेपालका लागि करण केसीले १, ललित राजवंशी, कुशल भुर्तेल र गुल्सन झाले समान २ विकेट लिए ।

सिनियर टोली २ खेलको सिरिज खेल्दा त्यसपछि भने नेपाल ‘ए’ को खेल तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर