आयरल्यान्ड ‘ए’ लाई नेपालको १ सय ९९ रनको लक्ष्य

घरेलु टोली नेपालले ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आयरल्यान्ड ‘ए’विरुद्धको आजको खेलमा १ सय ९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले २५, आशिफ शेखले ११, अनिल साहले १२, गुल्सन झाले ४६, रोहित पौडेलले ३३, कुशल मल्लले ३४, सन्ीप जोराले २१ र विवेक यादवले ७ रन बनाए ।

आयरल्यान्डका लागि म्याथ्यु फोस्टरले ३, बेन ह्वाइटले २ र गाभिन होई र फियान ह्यान्डले १–१ विकेट लिए ।

आजको खेल जितेमा नेपालले शृङ्खलामाथि कब्जा गर्नेछ । हिजो भएको यस शृङ्खलाको पहिलो खेलमा नेपालले आयरल्याण्ड ’ए’लाई ६ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा नेपाली टोलीमा दुई खेलाडीलाई परिवर्तन भएका छन् । विवेक यादव र अनिल शाह टोलीमा समावेश हुँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेञ्चमा छन् ।

नेपालको प्लेइङ एघारमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अभिनाश बोहरा, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, करण केसी र सोमपाल कामी छन् । बेञ्चमा आकाश चन्द, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र प्रतिश जिसी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *