कर्णाली नदीमा बेपत्ता युवकको खोजी गर्न सशस्त्र प्रहरीले खटायो गोताखोर

कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम्फालेर बेपत्ता भएका युवकको खोजी गर्न सशस्त्र प्रहरी बलले गोताखोर खटाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सोमबार लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

बेपत्ता शाहीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।

सोमबार होली मनाउने क्रममा रमाइलोका लागि १७ जना कर्णाली पुलबाट हामफालेका थिए । तीमध्ये एक जना बेपत्ता भएका हुन् भने अन्य १६ जना सकुशल बाहिर निस्कन सफल भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *