धनगढीका मेयर हमालकी छोरी सम्पर्कविहीन, खोजी गरिदिन अनुरोध

धनगढी उपमहानगरका मेयर गोपाल हमालकी जेठी छोरी सम्पर्कविहीन भएकी छिन् । मेयर हमालले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफ्नो जेठो छोरी खोजी गरिदिन अनुरोध गरेका हुन् ।

हमालका अनुसार उनको छोरी आरती हमाल ओशो ध्यान गर्न केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् । उनी सोमबारदेखि जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले हमालले जनाएका छन् ।

उनले खोजीकार्यमा सहयोग गर्न गोवा बस्दै आएका नेपाली समुदायसँग अपिल गरेका छन् । आरतीको खोजीका लागि हमालको कान्छी छोरी र ज्वाइँ गोवामा पुगेको पनि उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *