नेपाली राजनीतिमा छट्टुहरु हाबी भए : गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुने थालेको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रास्वपा नेताहरुप्रति लक्षित गर्दै महामन्त्री थापाले मुलुकमा छट्टुहरु राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम सुरु गरेको आरोप समेत लगाए ।

मुलुकलाई छट्टु भन्दा पनि गति र मति दुवै भएको नेताहरु जरुरी रहेको उनको भनाय थियो । झुक्याउने खालको छट्टुहरु नेपाली राजनीतिले नचाहेको महामन्त्री थापाले बताए ।

‘राजनीतिमा छट्टुहरु हाबी हुन थाले । छट्टुहरु त आउँछ, लटरपटर पार्छ । झुक्याउँछ । अलपत्र यसो रङरोगन गर्छ, जान्छ । हामीलाई छट्टुहरु चाहिएको होइन । हामीलाई धैर्य भएको, धैर्यको अर्थ केही पनि नगर्ने मान्छे पनि होइन । हामीलाई गति भएको मान्छे पनि चाहियो । गति र मति दुवै भएको मान्छे चाहियो । मति छ गति छैन, गति छ, मति छैन । हामीलाई त गति र मति दुईवटै चाहियो । किनकि यो बेलामा हामीले मति पनि ठीक राख्नुपर्नेछ । हामीले आफ्नो घरभित्रको फोहोर पनि ठीक गर्नुपर्नेछ । हाम्रो घरभित्र फोहोर छ, सफा गर्नुपर्नेछ । हाम्रो कतिपय ठाउँमा मति बिग्रेको छ । त्यसलाई ठीक गर्नैपर्छ ।’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *