एसिया कप महिला क्रिकेटमा नेपाल, भारत र पाकिस्तान एकै समूहमा

नेपाली महिला क्रिकेट टिम एशिया कप खेल्ने भएको छ ।

मंगलबार एसियाली क्रिकेट काउन्सिल (एसीसी)  ले आगामी महिला एसिया कप २०२४ को घोषणा गरेको छ । जसमा नेपाललाई समावेश गरेको छ ।

महिला एशिया कप जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने तय भएको छ ।  प्रतियोगिताको यो संस्करण आठ देश सहभागी हुने छन् ।

भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्न दिने निर्णय गरको हो ।

एसीसीले क्रिकेटमा समावेशीता र समानताका लागि महिला एसिया कप २०२४ ले सबै महिला रेफ्री र अम्पायरहरू हुने परम्परालाई निरन्तरता दिने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *