विद्यालय नर्सका लागि न्यून आवेदन परेपछि बढाइयो एक साताको समय

विद्यालय नर्स आवश्यकसम्बन्धी सार्वजनिक सूचना जारी गरेको अन्तिम समयसम्म पनि आवश्यक सङ्ख्यामा आवेदन नपरेपछि वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले दर्खास्तका लागि एक साता समय बढाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले गत फागुन २४ गते ४ सय ५७ जना नर्स आवश्यकसम्बन्धी सार्वजनिक सूचना जारी गरेको थियो । सोमबार अबेरसम्म करिब ४ सय जनाको मात्र दर्खास्त परेपछि एक साताको समयावधि बढाइएको हो ।

स्वास्थ्य निर्देशनालयले चैत १४ गतेसम्म दर्खास्त दिन पाउने गरी फागुन २४ गते करारमा विद्यालय नर्स भर्नाका लागि सार्वजनिक सूचना जारी गरेको थियो । आवश्यक सङ्ख्यामा आवेदन नपरेपछि चैत २० गतेसम्म दर्खास्त दिन पाइने गरी समय बढाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

रिक्त रहेका विद्यालय र कार्यक्रमका लागि छनौट भएका नयाँ विद्यालयमा नियुक्तिका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयले ४ सय ५७ विद्यालय नर्सको विज्ञापन खुला गरेको हो । विद्यालयमा नर्सिङ सेवा प्रभावकारी देखिएकाले मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयमार्फत करारमा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *