बाल्टिमोर पुल दुर्घटना : बेपत्ता छ जनाको मृत्यु भएको अनुमान

अमेरिकी राज्य मेरिल्याण्डको बाल्टिमोर सहरमा जहाज ठोक्किएपछि भएको पुल दुर्घटनाको उद्धार कार्य अहिले रोकिएको छ । अमेरिकी कोस्ट गार्ड अधिकारीहरूले बेपत्ता छ जना कामदारको मृत्यु भएको अनुमान गरेका छन्।

दुर्घटना हुँदा सबै जना पुलको खाल्डो भर्ने काममा व्यस्त रहेको र जहाज पुलमा ठोक्किएपछि पानीमा खसेका थिए । उनीहरू सबै बेपत्ता छन् र अवस्था हेर्दा उनीहरू जिवितै नहुने अनुमान गरिएको छ ।

अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले समय बित्दै जाँदा उद्धार कार्य झनै कठिन हुँदै गएको बताएका छन् । पानीको तापक्रम र तैरिरहेको भग्नावशेषका कारण उद्धार प्रक्रिया निकै चुनौतीपूर्ण भएको एक अधिकारीले बताए ।

सिंगापुरको एउटा जहाज ‘फ्रान्सिस स्कट की ब्रिज’सँग ठोक्किएको थियो । स्थानीय समय अनुसार मंगलबार बिहान १:३० बजे भएको घटनामा पुलको ठुलो भाग भत्किएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *