बेपत्ता युवक खोज्न सेतीको ड्याम खोलिँदै

सेती नदीमा हाम फालि बेपत्ता भएका युवकको खोजीका लागि ड्याम खोलिने भएको छ ।

माघ १८ गते पोखरा महानगरपालिका ११ बस्ने सुगम बास्तोला पोखरा महानगरपालिका ३ स्थित नदीपुर पुरानो पुलबाट सेती नदीमा हाम फालि बेपत्ता भएका थिए ।

प्रहरीले गएको माघ २२ गते सेती नदीमा पानीको वहाव बढाई खोजतलास गर्दा फेला नपरेपछि पुनः भोली (बिहिवार) सेती नदिको ड्याम खोली खोजतलास गर्न लागिएको हो । भोली दिउँसो १ बजेदेखि कास्की पोखरा म.न.पा. वडा नं.१६ दिप स्थित रहको ड्याम खोली सेती नदीमा पानीको बहाव बढाई खोजतलास गर्न लागिएको प्रहरीले जनाएको छ ।

सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्न, नदिको किनारमा नजान र सुरक्षा सतर्कता अपनाउन प्रहरीले सुचना मार्फत सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *