चैत २२ गते ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो, २०२४ हुँदै

ललितपुर चेम्बर अफ कमर्सले चैत २२ गतेदेखि २६ गतेसम्म ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो, २०२४ आयोजना गर्ने भएको छ।

बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ललितपुर चेम्बर अफ कमर्सले एक्स्पोबारे जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो, २०२४ आयोजना गर्न लागिएको जानकारी दिए।

उनले एक्स्पोमा मेड इन नेपाल प्याभिलियन विशेष आकर्षण रहेको बताए। उनले एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंलादेश, थाइल्याण्ड, टर्की, मलेसिया, साउथ कोरिया लगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री मौलिक उत्पादन र सेवा सम्बन्धी सामानहरुको प्रदर्शनी हुने बताए।

उनले एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामाग्री, लत्ताकपडा, जुत्ता चप्पल, स्वास्थ्य वर्धक सामानहरु, अर्गानिक उत्पादन र गरगहनाका सामाग्रीहरु पनि राखिने बताए। अध्यक्ष शाक्यले एक्स्पोमा ललितपुरमा उत्पादन हुने मौलिक निकासीयोग्य सामान र दैनिक उपभोग्य सामानहरुका अतिरिक्त आफ्नो ब्राण्डको परिचित गराउने बताए।

उनले एक्स्पोमा नेपाल,भारत,पाकिस्तान,श्रीलंका, बंलादेश, थाइल्याण्ड, टर्की, मलेसिया, दक्षिण कोरिया लगायतका देशहरुमा उत्पादित वस्तुहरुको करिव १ सय भन्दा बढी स्टल रहने जानकारी दिए। उनले एक्स्पोले समग्र ललितपुरको आर्थिक स्थिति सुदृढ हुने आयोजकले विश्वास लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *