नयाँदिल्लीमा आरजु राणाको शल्यक्रिया

उपचारका लागि हाल नयाँदिल्लीमा रहेकी कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. आरजु राणाको हाइपरपाराथाइराडिजमको शल्यक्रिया गरिएको छ । नयाँदिल्लीस्थित म्याक्स हस्पिटलमा उनको शल्यक्रिया गरिएको हो ।

उनको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्शअनुसार अझै केही समय अस्पतालमै उपचार गर्नुपर्ने भएको राणाको स्वकिय सचिव कमल रावलले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी राणाले दुई वर्षदेखि स्वास्थ्य समस्याका कारण भारतको नयाँ दिल्लीमा फलोअप उपचार गर्दै आएकी थिइन् । उपचारकै लागि उनले गत चैत २ मा संघीय संसद सचिवालयलाई जानकारी गराई स्वास्थ्य उपचारका लागि भारत गएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *