सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २१ सयले बढ्यो

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज एकै दिन तोलामा २ हजार एक सय रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बिहिबार प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २१ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *