प्राविधिक समस्या देखिएपछि दोहा उडेको नेपाल एयरलाइन्सको जहाज फिर्ता

बिहीबार काठमाडौंबाट कतारको दोहा उडेको नेपाल एयरलाइन्सको विमानमा समस्या देखिएपछि काठमाडौं फिर्ता गरिएको छ । नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० विमानको हाइड्रोलिकमा समस्या देखिएको हो ।

उक्त विमान बिहीबार राति २ सय ६५ जना यात्रु बोकेर दोहातर्फ प्रस्थान गरेको थियो । तर, प्राविधिक समस्यापछि उडेको ४४ मिनेटमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

नेपाल वायुसेवा निगमले उक्त विमानका यात्रुलाई राति आफ्नो अर्को वाइडबडी नाइनएन–एएलजेडमा पठाएको जनाएको छ । यस्तै, जहाजको मर्मत भइरहेको र दिल्ली उडान भने निर्धारित समयमै गर्ने निगमले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर