कांग्रेसको सहकारी र आदिवासी जनजाति विभागमा सदस्य मनोनीत

कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी र आदिवासी जनजाति विभागमा सदस्यहरू मनोनीत गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल नेतृत्वमा रहेको सहकारी विभागमा सभापति देउवाले १० जना सदस्य मनोनीत गरेका हुन् ।

मनोनीत हुनेमा भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल, शम्भु घिमिरे, नवराज न्यौपाने, कृष्ण खनाल छन् ।

यस्तै, कांग्रेसको आदिवासी जनजाति विभागमा पनि १० सदस्य मनोनीत गरिएको छ । पार्टी सभापति शेरबहादुर पार्टी सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा सदस्यहरू मनोनीत गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख् सचिव कृष्णप्रसाद पौडेलका अनुसार मनोनीत हुनेहरूमा नगेन्द्रकुमार कुमाल (इलाम), रेशमबहादुर गुरुङ (गोरखा), आनन्दसन्तोषी राई (धनकुटा), आङपासाङ शेर्पा (दोलखा), चन्द्रकुमार आङ्दम्वे (पाँचथर) छन् ।

यस्तै, सलाम सिंह तामाङ (काभ्रेपलाञ्चोक), थममाया छन्त्याल (बाग्लुङ), रमेश जिमी (संखुवासभा), धनबहादुर श्रेष्ठ (काठमाडौं) र कृष्ण घिसिङ (रामेछाप) आदिवासी जनजाति विभागमा मनोनीत भएका छन् ।

कांग्रेसको आदिवासी जनजाति विभाग दिलमान पाख्रिनको नेतृत्व छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *