४ करोड ३६ लाख बराबरको कोकिनसहित ठमेलबाट दुई ब्राजिलियन पक्राउ

नेपाल प्रहरीले लागूऔषध कोकिन १ केजी ४५५ ग्रामसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई ब्राजिलियन नागरिक ल्यारिसन ब्रिटो डोस सान्तोस र फर्नान्डा डोस सान्तोस छन् ।

कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहको सदस्य रहेका उनीहरुको साथबाट कोकिनका क्याप्सुलहरू पनि बरामद गरिएको प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ । बरामद गरिएको लागुऔषध कोकिनको अवैध बजार मूल्य ४ करोड ३६ लाख ५० हजार हुन आउने ब्युरोले उल्लेख गरेको छ ।

यही चैत १३ मा काठमाडौं–१७ ठमेल जेपी मार्गस्थित एक होटेलमा शंकास्पद रुपमा बसिरहेका ल्यारिसनको सुटकेशभित्र लुकाई छिपाई राखिएका ७७ वटा प्लास्टिकले ¥यापिङ गरिएका कोकिनका क्याप्सुलहरु (८४० ग्राम) र फर्नान्डाको सुटकेशभित्र ६२ वटा प्लास्टिकले ¥यापिङ गरिएका कोकिनका क्याप्सुलहरु (५५० ग्राम) बरामद भएको ब्युरोले जनाएको छ ।

दुवै जनाले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरु निलेर पेटमा लुकाइछिपाई नेपाल ल्याएको ब्युरोको अनुसन्धानमा देखिएको छ । उनीहरुको पेटमा थप क्याप्सुलहरु समेत हुन सक्ने देखिएपछि ब्युरोले नेपाल प्रहरी अस्पताल पठाईएको थियो । त्यसक्रममा ल्यारिसनको पेटबाट थप ६ वटा प्लास्टिकले ¥यापिङ गरिएका कोकिनका क्याप्सुलहरु (६५ ग्राम) बरामद गरिएको थियो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर