आयरल्यान्ड ‘ए’विरुद्ध बलिङ गर्दै नेपाल ‘ए’, कमलले लिए पहिलो विकेट

आयरल्यान्डको ‘ए’ टोलीविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा खेलमा नेपाल ‘ए’ क्रिकेट टोलीले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङको निर्णय लिएका छन् । यससँगै आयरल्यान्डको ‘ए’ टोलीले पहिला ब्याटिङ गर्ने भएको छ । हिजोका लागि तय भएको उक्त खेल वर्षाका कारण स्थगित भएको थियो ।
नेपालको टोलीको प्लेइङ एघारमा कप्तान भण्डारीसहित लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी र हेमन्त धामी छन् । त्यस्तै बेञ्चमा विकास आग्री, विपिन खत्री, पवन सर्राफ र नारायण जोशी छन् ।
आयरल्यान्डको ‘ए’ टोलीले पावर प्ले अर्थात् ६ ओभरमा १ विकेटको क्षतिमा ५० रन बनाएको छ । तीव्र गतिका बलर कमलसिंह ऐरीले आयरल्यान्ड ‘ए’ का ओपनर रोज अदिरको विकेट लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *