विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा हुने कार्यक्रम ल्याउँदै छौंः मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाहरुको मिटरब्याजलगायत ऋणहरु मिनाहा गरिने घोषणा गरेकी छन् ।

वडा स्तरबाट विपन्न महिलाहरुको पहिचान गरी उनीहरुको मिटरब्याजलगायत ऋणहरु मिनाहा हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन लागेको जानकारी दिएकी हुन् ।

पछाडि परेका महिलाहरुलाई अघि बढाउन पनि आफूले मन्त्रालयको तर्फबाट सो कार्यक्रम ल्याउन लागेको मन्त्री चौधरीको भनाइ थियो । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले महिला मन्त्रालयमा बजेटको अभावका कारण सोचेअनुसार काम गर्नसक्ने स्थिति नभएको पनि स्मरण गराइन् ।

मन्त्री चौधरीले जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगेटको महिला मन्त्रालयको लागि बजेट बढाउने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको पनि बताइन् ।

‘अब महिलाहरु त आयो आयो । अति विपन्न महिलाहरुको लागि चाहीँ वडास्तरबाटै मिटरब्याजीलगायतका कुराहरु आउँछन् । ती ऋणहरु मिनाहा गरिदिने कुराहरु आउँछन् । राज्यले नै त्यस्ता कुराहरु ग¥यो भने महिलाहरु अगाडि बढ्न सक्छन् भनेर मन्त्रालयबाट त्यो कार्यक्रम ल्याउँदैछौं भन्ने कुरा जानकारी गराउन चाहन्छु,’ उनले भनिन् ।

मन्त्री चौधरीले महिलाहरुको सशक्तिकरणका लागि बजेट बढाउनका लागि सम्बन्धित मन्त्रालयहरुबीच छलफल भइरहेको पनि बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *