कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरूङको निलम्बन फुकुवाको मागमा रिट जारीको आदेश दिएको हो ।

मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरुङलाई गत पुस १२ मा संसद सचिवालयले निलम्बन गरेको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट गुरुङविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भई विचाराधीन अवस्थामा रहेकाले उनलाई निलम्बित गरिएको संसद सचिवालयले जनाएको थियो ।

गुरुङले संसद सचिवालयको निर्णयविरुद्ध उत्प्रेषण आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *