त्रिवि स्नातक तहको प्रश्नपत्र अब अंग्रेजी र नेपाली दुवै भाषामा

त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा बनाउने भएको छ ।

बिहीबार बसेको विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा सोध्ने निर्णय गरेको हो ।

बैठकले आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागु गर्ने र क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय पनि गरेको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर