थुनामा रहेका रायमाझी अस्पतालबाट डिस्चार्ज

नेपाल कम्युनिष्ट पार्टी(एमाले)का पूर्व सचिव टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नेता रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा.चन्द्रमणि पौडेलले जानकारी दिए। ‘उनको स्वास्थ्यस्थितिको ४८ घण्टा अब्जर्भ गर्दा सामान्य देखियो’, उनले भने, ‘मुटुको चाल पनि बिस्तारै सामान्य भयो, त्यसैले हिजो राति डिस्चार्ज गरिएको हो ।’मुटुको चाल कम भएपछि नेता रायमाझीलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *