पोखरामा दुर्घटना भएकाे बस सडकमा ठाडै उभियो

पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ ।

बसमा चालक र सहचालकमात्र रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए । उनका अनुसार बसमा यात्रु थिएनन्।

दुर्घटनाग्रस्त बस सडकमा उभिएको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर