निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न नयाँ सोचका साथ काम गर्दै छौंः उपप्रधानमन्त्री महासेठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्नका लागि नयाँ सोचका साथ काम गरिरहेको बताएका छन् ।

आइतबार सिरहा र धनुषा जोड्ने कमला नदीको पुल निरीक्षणका क्रममा बोल्दै उनले पुल, सडक लगायतका निर्माणाधिन आयोजनाहरु पहिलो चरणमा सम्पन्न गरेपछि मात्रै नयाँ योजना अघि सार्ने रणनीतिसहित आफूहरु अघि बढेको बताए ।

आगामी असार मसान्तभित्र कमला नदीको पुल र हुलाकी राजमार्गको काम पूरा गर्न उनले निर्देशन दिए । असार मसान्तसम्म काम पूरा नभए सडक विभागले कुनै पनि कदम चाल्ने चेतावनी दिए ।

निरीक्षणका क्रममा हुलाकी राजमार्ग योजना कार्यालय, जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोले राजपत्रमा प्रकाशित हुन नसक्दा र लगत कट्टा हुन नसक्दा समस्या झेल्नुपरिरहेको बताए । उनले सडक सीमाना स्पष्ट नहुँदा पनि कतिपय समस्या सिर्जना आइरहेको बताए । हुलाकी सडकअन्तर्गत अहिले १६ वटा स्टे अर्डरसहितका २६ वटा मुद्दाहरुको सामना गरेर काम अघि बढाइरहेको बताए ।

उनले निर्माण सामग्री समयमा नआइपुग्ने, विद्युतका पोलहरुको समस्या, स्थानीय तहको मातहतबाट निर्माण सामग्री लिनुपर्ने कारणले गर्दा केही ढिला भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर