पूर्वन्यायाधीश पत्नी आरतीद्वारा सर्वोच्चको इजलासमै विष सेवन

कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले सर्वोच्चको इजलासमै विषय सेवन गरेकी छन् ।

आज सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार उनले गुट्खाको प्याकेटमा विष राखेर लगेकी थिइन् । आरतीले गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै आएकी छन् । उनी न्याय माग्दै लामो समयदेखि सडक संघर्षरत छिन् ।

यही मुद्दामा आज सर्वोच्चमा सुनुवाइ भइरहेको थियो । गिरीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले चैत २२ गते पक्राउ पूर्जी जारी गरेको थियो । यस्तै, जिल्ला प्रहरी परिसर, काठमाडौंले गत चैत २८ मा गिरीलाई पक्राउ गरे पनि उनी धरौटीमा रिहा भइसकेका छन् ।

आरतीले गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै आएकी छन् । यसअघि उनले सर्वोच्च परिसरमा आत्मदाहको प्रयाससमेत गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर