इलाम–२ मा डम्बर खड्का बने कांग्रेस उम्मेदवार

कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको संसदीय बोर्ड बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

खड्का इलाम कांग्रेसका सभापति समेत हुन् । यसअघि पनि उम्मेदवार रहेका खड्कालाई पुनः टिकट दिन कांग्रेस सभापति शेरबहादुर देउवाले जोडबल गरेका थिए । कांग्रेसको संस्थापन इतर पक्षले भने भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्नेमा जोड दिएका थिए । बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

बोर्डले टिकट दिने निर्णय गर्दै कार्य सम्पादन समितिलाई सिफारिस गरेको छ । यसअघिको निर्वाचनमा एमाले नेता सुवास नेम्वाङसँग झिनो मतान्तरले खड्का पराजित भएका थिए । त्यतिबेला कांग्रेस माओवादी, एकीकृत समाजवादीसँगको गठबन्धनमा थियो । खड्काको प्रतिस्पर्धा उनै सुवासका छोरा सुहाङ नेम्वाङसँग हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर