देश विकास गर्न र स्थिरता दिन कांग्रेस–एमाले एक हुनुपर्छः नेता कोइराला

कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा स्थिरता दिन र विकास गर्न नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिले देश अफ्ठ्यारो परिस्थितिमा रहेको बताए । उनले गठबन्धनको सरकारबाट देशको आर्थिक विकास हुने सम्भावना नरहेको जिकिर गरे ।

गठबन्धनले राजनीतिक स्थिरता हुन नसक्ने भएको स्थिर सरकार दिनुपर्ने जरुरी भइसकेको उनको भनाइ छ । कोइरालाले विगतका अनुभव हेर्दा पनि नेपाली कांग्रेस र नेकपा एमाले मिलेपछि मात्रै संविधान बनेको भन्दै उनले देशलाई विकास गर्न नेकपा एमाले र कांग्रेस मिल्नुको विकल्प नरहेको बताए ।

‘पहिलो संविधान सभा चार जना प्रधानमन्त्री कम्युनिष्टबाटै बन्नुभयो, तर संविधान त बनेन । संविधान बनाउन नेपाली कांग्रेस र एमाले नै चाहियो । त्यसलाई ध्यानमा राखेर देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ,’ उनले भने ।

कोशी प्रदेश सरकार अब के हुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अहिलेको कोशी सरकार संविधानको धारा ५ बाट बनेको हो भन्ने हेक्का राख्नुपर्ने बताए । कोशी सरकार विघटन भए मध्यावधिमा जाने स्पष्ट रहेको बताए । उनले अहिले कोशी प्रदेश सरकार अल्पमतमा नरहेको र समर्थन फिर्ता लिएपछि पनि राजीनामा दिने वा नदिने भन्नेकुरा नैतिकताको कुरा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर