लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने तयारीमा रहेका चौधरीले बहुमत नपुग्ने भएपछि राजीनामा दिएका हुन् । आज प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरे ।

कांग्रेसका चौधरी गत वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए । माओवादीले समर्थन गरेपछि उनी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । उनले नागरिक उन्मुक्ति, जसपा, राप्रपाबाट समर्थन खोजे पनि सम्भव नभएपछि राजीनामा दिएका हुन् ।

केन्द्रमा बनेको नयाँ गठबन्धनको सहमतिअनुसार अनुसार माओवादीले लुम्बिनीमा सरकारको नेतृत्व गर्ने भएको छ । माओवादी केन्द्र लुम्बिनीका दल नेता जोखबहादुर महरा मुख्यमन्त्रीको दाबेदार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर