माओवादी नेता खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

चितवन जिल्ला अदालतले माओवादी नेता कालीबहादुर खामलाई व्यापारी रामहरि श्रेष्ठको हत्या मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । न्यायाधीश दयाराम ढकालको इजलासले आज खामलाई थुनामा पठाउन आदेश दिएको हो ।

अभियुक्त खाममाथि २०६५ वैशाख २८ मा तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजन शिविर जुटपानीमा व्यापारी श्रेष्ठको हत्या गरेको आरोप छ । यस घटनामा अर्का अभियुक्त गोविन्द बटालाले प्रहरीमा आत्मसर्मपण गरी कैद सजाय पाएर पनि रिहा भइसकेका छन् । खाम भने फरार रहँदै आएका थिए ।

खामलाई यही चैत १९ मा काठमाडौंको ठमेलबाट पक्राउ गरेर चितवन लगिएको थियो । यस घटनाका अन्य अभियुक्त केशव अधिकारी र गंगाराम थापा अझै फरार छन् । खामलाई चितवन जिल्ला कारागारमा लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर