रामायणमा सीताको अभिनय गर्ने दिपिका चिखलिया नेपालमा

रमानन्द सागरको चर्चित टेलिश्रृखंला रामायणमा सीताको अभिनय गर्ने अभिनेत्री नेपाल आईपुगेकीछिन् । रामायण टेलिश्रृखंलामा सीताको अभियन गर्ने दिपिका चिखलिया नेपाल आईपुगेकी हुन् ।

सन् १९८७ मा रामायणमा आधारित टेलिश्रृखंला रामायण रिलिज भएको थियो । उक्त टेलिश्रृखंलामा दिपिकाले सीताको अभिनय गरेकी थिईन् । दिपिका जनजाति कल्याण आश्रम नेपालको १४ औं वार्षिकोत्सवमा सहभागि हुन नेपाल आईपुगेकी हुन् । गएको २१ वर्षदेखि सेवाकार्यलाई आफ्नो कार्यक्षेत्र बनाएर जनजाति कल्याण आश्रमले काम गर्दै आएको छ ।

आर्थिक रुपले विपन्न, सामाजिक सुविधाहरुबाट वञ्चित बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्य, स्वावलम्बन तथा संस्कार प्रदान गर्ने गर्छ। कल्याण आश्रमले देशका विभिन्न ११ स्थानमा छात्रावास सञ्चालन गरिरहेको छ । यो छात्रवासमा वर्तमान मा करिब ३०० विद्यार्थीहरुलाई निःशुल्क शिक्षा, आवास र भोजनको व्यवस्था गरिरहेको छ। । कल्याण आश्रमले छात्रावास बाहेक झापा, मोरङ, तथा चितवन जिल्लाका ग्रामीण भेगमा ८५ वटा जनजाति शिक्षा संस्कार केन्द्र सञ्चलान गरिरहेको छ । आश्रमले जनजाति शिक्षा संस्कार अन्तर्गत दैनिक २००० भन्दा बढी बालबालिकालाई निःशुल्क पढाउँदै आएको छ । अभिनेत्री दिपिका आश्रमको २४ चैतमा आर्मि अफिसर्स क्लबमा हुने कार्यक्रममा सहभागि हुनेछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर