सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

नेपाली बजारमा सुनको भाउले आइतबार (चैत २५ गते) नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको भाउ प्रतितोला २९ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल भाउ १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि चैत २२ गते सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थिायो । सो दिन छापावाल सुन तोलाको १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३३ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ किनबेच भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको भाउ पनि प्रतितोला ५५ रुपैयाँले बढेर १६ सय ७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १६ सय १५ रुपैयाँमा स्थिर रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *