प्रहरीका असई र वरिष्ठ हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक र प्रहरी वरिष्ठ हवलदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घुस–रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा प्रहरी चौकी कान्तिबजार, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मन्जित कुमार झासविरुद्ध मुद्दा दायर गरिएको हो ।

यादवले महोत्तरी जिल्ला अदालतमा चलेको निषेधाज्ञा मुद्दामा भएको अन्तिम आदेश (फैसला) को कार्यान्वयन गरी आवश्यकमुचुल्काहरु तयार गर्न सहजीकरण गरिदिने भन्दै २० हजार घुस मागेको अख्तियारको दाबी छ ।

निरीक्षक यादव र प्रहरी वरिष्ठ हवल्दार झालाई सेवाग्राहीबाट बीस हजार रूपैंया लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर