जनमत पार्टीका उपाध्यक्ष खान सवार गाडी धादिङमा दुर्घटना

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार रहेको गाडी धादिङको कृष्णभिरमा दुर्घटनामा परेको छ । सोमबार भएको दुर्घटनामा खान, उनका चालक, स्वकीय सचिव र कम्प्युटर अपरेटर घाइते भएका छन् ।

काठमाडौंबाट बर्दिया जाने क्रममा दुर्घटना भएको हो । खानको देब्रे हातमा चोट लागेको छ । अन्य व्यक्तिहरु पनि सामान्य घाइते भएको खानका स्वकीय सचिव अतिउल्लाह मुसलमानले बताए ।

खानको चालक आली मनसुरीको छातीमा र कम्प्युटर अपरेटर अनवर खानको टाउकोमा र आफ्नो खुट्टा र कम्मरमा चोट लागेको खुट्टा र कम्मरमा चोट लागेको मुसलमानले जानकारी दिए । अर्को गाडीसँग ठोक्किनबाट बचाउन खोज्दा खान सवार गाडी भित्तामा ठोक्किएको उनको भनाइ छ । खान पूर्वमन्त्रीसमेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *