कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कँडेलले एमाले–माओवादी र नेकपा एकीकृत समाजवादी सहित २३ सांसदले हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परियार समक्ष मंगलबार दाबी पेस गरेका थिए । कर्णाली प्रदेश सभामा नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एकसहित २३ प्रदेश सभा सदस्य छन् । प्रदेशमा सरकार गठनका लागि २१ जना आवश्यक पर्छ ।

प्रदेश प्रमुख परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गते साँझ ५ः५० बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर