समाजवादी भोलेन्टियर्सका अध्यक्षमा तारा विश्वकर्मा

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी भोलेन्टियर्स अर्गनाइजेसनको केन्द्रीय समिति गठन भएको छ । काठमाडौँको खुसबुस्थित नेपाः ब्यांक्वेटमा भएको भेलाले तारा विश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरेको हो ।

भेलाले सङ्गठनको विधान पारित गरेको छ । आपत्कालीन उद्धार, विपद् व्यवस्थापन, भ्रष्टाचार निवारण आन्दोलनमा प्रतिबद्ध हुँदै सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवाद निर्माणको दिशामा अगाडि बढ्न यो अर्गनाइजेसन बनाइएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ, परशुराम बस्नेत राजनीतिक समिति सदस्य विद्युत् बज्राचार्य, रेखा यादवलगायत नेताहरू सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *