आफूविरुद्ध सामाजिक सञ्जाल तातेपछि दबाउने मनस्थितिमा गृहमन्त्री !

उपप्रधान तथा गृहमन्त्री बनेको केही दिनपछि रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय झापामा सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै आफू प्रश्न सोध्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेको बताए । त्यसैले आफूहरुलाई नाजवाफ बनाउन उनले निर्देशन दिए ।

रास्वपा सभापति समेत रहेका लामिछानेमाथि गृहमन्त्री बन्नुअघि नै सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेको थियो । गृहमन्त्री भएपछि त उनीमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग प्रमुख प्रतिपक्ष दल कांग्रेसले गरेको छ ।

यही प्रकरणले अहिले सामाजिक सञ्जाल तातिएको छ भने लामिछानेमाथि पनि प्रश्नको वर्षा भएको छ । तर, जवाफ दिने ठाउँमा पुगेको बताउने गृहमन्त्री लामिछाने भने सामाजिक सञ्जालको नियमन कडाइ गरेर प्रश्न नै निषेध गर्ने मनस्थितिमा देखिएका छन् ।

गृह मन्त्रालय मातहतको नेपाल प्रहरीको साइबर ब्यूरोले शुक्रबार सूचना जारी गर्दै ‘कानुनले प्रतिबन्ध गरेका विषय, शिष्टाचार विरुद्धका विषय, घृणा द्धेष फैलाउने सामग्रीहरू प्रकाशन गर्ने, लाइक गर्ने ट्याग गर्ने, कमेन्ट गर्ने र रिपोष्ट गर्ने गतिविधि बढेकाले यस व्यूरोको गम्भीर ध्यानकर्षण भएको छ । यस्ता गतिविधि गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने अनुरोध गरिन्छ,’ ब्युरोको सूचनामा उल्लेख छ ।

ब्युरोले जाति, सम्प्रदाय, समुदायबीचको सम्बन्धमा खलल पार्ने कुनै पनि सामग्री सञ्जालमा प्रकाशन, प्रसारण तथा सेयर नगर्न आग्रह गरेको छ । ब्यूरोले विद्युतीय माध्यमको प्रयोग गरी सामाजिक सद्भाव बिथोल्ने काम गरेको पाइए विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही गरिने पनि जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर