कांग्रेसले उठाएको माग अर्बौं बचत हिनामिनाको विषय हो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी पीडितको बचत हिनामिनाको विषय उठाएको बताएका छन् । आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसले उठाएको माग पार्टीगत नभई लाखौं सहकारी पीडितको अर्बौं बचत हिनामिनाको विषय भएको उनले बताए ।

‘आज हामी यो संसदीय दलको बैठक एक हप्तामा नै दोस्रो पटक बसिरहेका छौं । हामीले उठाएको माग नेपाली कांग्रेसको पार्टीगत नभई लाखौं सहकारी पिडितको अरबौं वचत हिनामिनाको विषय हो,’ देउवाले भने ।

यस विषयलाई संसदीय छानबिन समिति बनाई यथार्थ विषयवस्तु बाहिर ल्याउन माग गरिएकोमा यसलाई सरकारले छल्ने उद्देश्यले संसद नै बन्द गर्ने निर्णय गरेको उनले आरोप लगाए ।

‘यसबाट के पुष्टि हुन्छ भन्दा सरकार सहकारी पीडितका पक्षमा नभएको, सुशासनको पक्ष नरहेको र गैरजिम्मेवारी रुपमा प्रस्तुत भएको पुष्टि हुन्छ । तर कांग्रेस पीडितको पक्षमा, सुशासनको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहनु पर्दछ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर