सेतीको १५० मिटर गहिरो खोँचबाट सशस्त्र प्रहरीले निकाल्यो युवकको शव

सेती नदीमा डुबेर बेपत्ता कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ करुवाका २५ वर्षीय जगत पुनको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।

यही वैशाख १ गतेबाट हराइरहेका पुनको शव गोताखोरको टोलीले सेती नदीको १ सय ५० मिटर गहिराईमा ढुंङ्गामा अड्किएको अवस्थामा सोमबार दिउँसो निकालेको हो ।

वैशाख १ गतेदेखि हराएका उनको शव सेतीको खोँचमा अड्किएको देखेपछि स्थानीयले सशस्त्र प्रहरी बल नेपालको पोखरास्थित नं. २४ कालिका गणलाई खबर गरेका थिए ।

खबर प्राप्त भएपश्चात खटिएको गोताखोरले सेती नदिको १ सय ५० मिटर गहिरो खोँचबाट पुनको शव निकालेर पोष्टमार्टमको लागि मणिपाल शिक्षण अस्पताल पठाएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर