नेपालमा पर्वतीय देशहरुको जलवायु परिवर्तनसम्बन्धि अन्तर्राष्ट्रिय स्तरको संवाद हुने

नेपालमा पर्वतीय देशहरुको जलवायु परिवर्तनसम्बन्धि अन्तर्राष्ट्रिय स्तरको संवाद हुने भएको छ ।

वन तथा वातावरण मन्त्रालयले सोमवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आगामी जेठको ९ र १० गते सो संवाद गर्न लागिएको जानकारी गराएको हो । कोप—२८ मा नेपालले पारेको प्रभाव अनुसार सो अन्तर्राष्ट्रिय स्तरको संवाद कार्यक्रम नेपालमा नै गर्न सम्भव भएको वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले बताए । उनले सो अन्तर्राष्ट्रिय स्तरको संवाद कार्यक्रमलाई सफल पार्न तीन वटै तहको सरकारलाई आह्वान गरे । सगरमाथाजस्तो हिम शिखर उजाड भएकाले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्न पनि नेपालले सो संवाद कार्यक्रम आयोजना गर्नुपरेको स्पष्ट पारे ।

मन्त्री साहले भने, ‘यो कुनै सरकारको मात्रै समस्या होइन । यो कुनै व्यक्तिको मात्रै समस्या होइन । यो पूरै देशको समस्या हो । देशलाई कसरी अगाडि बढाउने, देशको प्रतिनिधित्व अव लिडरसिपको सवाल छ । हामीले पर्वतीय देशहरुको लिडरसिप कसरी लिने ? यसका लागि हामीले के–के गर्नु पर्छ ? यो सबैको दायित्वको कुरा हो । मात्रै यो वन मन्त्रालय वा सरकारको मात्रै भएर कहिल्यै सक्सेस हुँदैन । त्यसकारण तीन वटै तहको सरकार जो छ । संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारको सहयोग साथै सम्पूर्ण विद्धत समाजका सहयोगको आवश्यक्ता छ । यो कुनै राजनीतिक विषय होइन । यो हामीहरुको जीवनसँग गाँसिएको समस्या हो । यसका लागि हामीले जो, जहाँ छ, त्यहीबाट के सहयोग गर्न सक्नुहुन्छ । पोजेटिभ थिंकिङ गरेर हाम्रो देश, हाम्रो व्यक्तित्व, हाम्रो सम्पूर्ण देशको राम्रो हुन्छ, विश्वमा । हामी कम्ती कार्वनाईअक्साईड उत्सर्जन गर्छौं । सगरमाथा जस्तो ठाउँ उजाड भएको छ । त्यस्तो अवस्था आउन नदिन सबैको सहयोगको याचना गर्दछु ।’

पर्वतीय देशहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि सो संवाद कार्यक्रम सहयोगी हुने मन्त्रालयले जनाएको छ । सहसचिव महेश्वर ढकालले नेपालको पर्वतबाट स्वच्छ हावा र सफा पानी आउने र त्यसले विश्व समुदायलाई नै फाईदा पुग्ने भएकाले त्यस सम्बन्धमा छलफल गर्न सो संसद कार्यक्रम उपयोगी हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर